विश्वका प्रत्येक ५ मध्ये २ वटा बोटविरुवा जोखिममा

आश्विन १४, २०७७ | काठमाडौं

जलवायु परिवर्तन र मानवीय व्यवहारका कारण विश्वका प्रत्येक ५ मध्ये २ वटा बोटविरुवा जोखिममा रहेको वैज्ञानिकले चेतावनी दिएका छन् । 

ती बोटविरुवा मासिनु अघी उनीहरुको अवस्थाबारे अनुसन्धान सुरु गर्न लागिएको बेलायतको रोयल बोटानिक गार्डेनको अनुसन्धान प्रतिवदेनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । औषधी, खाद्य, ऊर्जा लगायतका क्षेत्रमा ठूलो योगदान गर्ने खालका बोटविरुवा समेत खतराको सुचीमा परेका हुन । ४२ मुलुकका २ सय वैज्ञानिक सहभागी सो अनुसन्धानबाट विभिन्न प्रजातिका बोटविरुवाका जोखिम अवस्था खुलेको बीबीसीले जनाएको छ ।

अध्ययन प्रतिवेदनका अनुसार जलवायु परिवर्तन तथा खाद्य सुरक्षाका क्षेत्रमा ती विरुवा प्रयोग गर्न सक्ने अवसर समेत हराउँदै गएको छ । संयुक्त राष्ट्रसंघीय महासभाको अन्तिम दिन सार्वजनिक भएको सो प्रतिवेदनले विश्वका नेताहरुलाई बोटविरुवा जोगाउन चाल्नुपर्ने कदम माथी दवाव बढ्ने अपेक्षा गरिएको छ । खानयोग्य ७ हजार बोट विरुवामा २ हजार ५ सयले उर्जा समेत दिइरहेको अध्ययनमा उल्लेख छ । जस मध्ये मकै, उखु, सोयाविन, पाम आएल, गहुँ लगायतका बाली समेत जोखिमको केन्द्रमा छन् । 


प्रतिक्रिया