कुस्तीमा भारत उत्कृष्ट, नेपाललाई एक स्वर्ण

मंसिर २३, २०७६ | धनुषा

जनकपुरमा सम्पन १३ औं साग अन्र्तगत २० स्वर्णको कुस्तीमा नेपालले नेपाल १ स्वर्ण ४ रजत, ८ कास्य जितेको छ । नेपालका लागि ५५ केजीमा संगीता धामीले १ स्वर्ण दिलाए । महिलातर्फ ५३ केजीमा शिवांगी दुवे, ५७ केजीमा अम्बिका भण्डारी, ६५ केजीमा शुसिला चन्द र ७२ केजीमा निर्मालाले रजत दिलाए । 

नेपालका लागि महिला तर्फ ५० केजीमा मनिषा सिंह, ५९ केजीमा कोमल खत्री र पुरुषतर्फ ५७ केजीमा नरेश यादव, ६५ केजीमा सरोज यादव, ७० केजीमा सुरेश यादव, ७९ केजीमा बुन्नीलाल राजु, ९२ केजी तौल समूहमा सुमिर साह र १ सय २५ केजीमा राज यादवले कांस्य पदक दिलाए ।

कुस्तीमा भारतले उत्कृष्ट प्रर्दशन गरेको छ । भारतले १४ स्वर्ण, पाकिस्तान ३ स्वर्ण, ४ रजत, श्रीलंका २ स्वर्ण १० रजत, २ कास्य र बंगलादेश २ रजत, ७ कास्य पदक जितेको छ । भारतका लागि पुरुष तर्फ ५७ केजीमा राहुल कुमार, ६५ केजीमा अमित कुमारले, ६१ केजी समूहमा रबीन्द्र धैया, ७४ केजीमा गौरव, ८६ केजी तौलमा पवन कुमार, ९७ केजीमा कडियन सत्यवर्ती, १ सय २५ केजीबाट सुमितले स्वर्ण जिते । 

भारतको महिला तर्फ ५३ केजीमा पिंकी कुमारी, ५० केजीमा शीतल तोमर, ५७ केजीमा सरिता, ५९ केजीमा अन्सु र ६२ केजीमा साक्षि मल्लिक, ६८ केजीमा अनीता, ७६ केजीमा गुरुचरण प्रित स्वर्ण जिते । पाकिस्ताबाट पुरुष तर्फ इनायत उल्हा, ७९ केजीमा अब्दुल रेहमान, ९२ केजीमा मोहम्मद इनामले स्वर्ण जिते । पुरुष तर्फ ६१ केजीमा मोहम्मद बिलाल, ८६ केजीमा उमर अहमद, ९७ केजीमा तैयब राजा र १ सय २५ केजीमा जमन अनवरले रजत दिलाए ।

श्रीलंकाबाट महिलातर्फ ६५ केजीमा दिलहानी र ७२ केजीमा अयोमीले स्वर्ण पदक जिते । श्रीलंकाबाट महिलाको ६२ केजीमा महिर, ६८ केजीमा मला, ७६ केजीमा चनी, ५० केजीमा रोशनी र पुरुष तफ ७० केजीमा अनिल, ७९ केजीमा चनक, ९२ केजीमा सलिथा, ७४ केजीमा लक्मल, ५७ केजीमा कथोरंगना, ६५ केजीमा चमाराले रजत दिलाए । पुरुष ६१ केजीमा उदर र महिला तर्फ ५३ केजीमा शमिकाले कास्य जितिन् ।

बंगलादेशका लागि महिलातर्फ ५५ केजीमा रेमी सरकारले रजत र ५९ केजीमा निपैरन रजत दिलाए । म्हिला तर्फ ७२ केजीमा अक्टेरोजिना, ६५ केजीमा मोस लक्की, ६२ केजीमा अख्तर शरमीन र ७४ केजीमा शिपोन्षे र पुरुष तर्फ ८६ केजीमा श्री सरोतरय, ९७ केजीमा हवलदेर रसिदले कास्य पदक लिए । कुस्ती खेल सकिएपछि नेपालका खेलाडीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो । खेलाडीलाई जवनकपुरधामको नगर परिक्रमा गराएर खेलाडीहरुलाई स्थानीयले सम्मान गरेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा पदक ल्याउने नेपाली खेलाडी प्रदेश सरकारले समेत सम्मान गरेको छ । कुस्ती खेलमा नेपालका लागि स्वर्ण ल्याउने संगीता धामी सहित पदक पाउने १३ जना खेलाडीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले सम्मान गरे । खेलाडीको सम्मान गर्दै मुख्यमन्त्री राउतले देशको नाम चम्काउन खेलाडीहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । संघीय सरकारले खेलाडीहरुको संरक्षणका लागि ध्यान दिनुपर्ने राउतले बताउनुभयो ।


प्रतिक्रिया