युरोपा लिगमा प्रि–क्वाटरफाइनलका अन्तिम ४ खेल हुँदै

श्रावण २२, २०७७ | काठमाडौं

युरोपा लिग फुटबलको प्रिक्वाटर फाइनलमा बिहीबार राति थप ४ खेल हुँदैछन् । जर्मन क्लब बायन लिभरकुशेनले स्कटल्याण्डको रेङ्गर्ससँग प्रतिस्पर्धा गर्दा स्पेनी क्लब सेभियाले ईटालियन क्लब रोमाको सामना गर्नेछ । 

दुबै खेल नेपाली समयअनुसार राति १० बजेर ४० मिनेटमा सुरु हुनेछ । रेङ्गर्स विरुद्ध पहिलो लेगमा लिभरकुशेन ३–१ ले विजयी भएको थियो । विजेताले क्वाटरफाइनलमा ईन्टर मिलानको सामना गर्नेछ । 

कोरोना महामारीका कारण पहिलो लेग हुन नसकेको सेभिया र रोमाबीच आज हुने खेलको विजेताले अन्तिम ८ मा स्पर्धा गर्नेछ । आजै राति पौने एक बजे हुने खेलमा ईङ्लीस क्लब वोल्भरहेम्प्टनले ग्रिसको ओलम्पियाकोसको सामना गर्नेछ । 

सोही समय स्विटजरल्याण्डको बसेल ब्लबले जर्मनको फ्रयाङफर्टसँग प्रतिस्र्धा गर्नेछ । पहिलो लेगमा वोल्भरहेम्प्टन र ओलम्पियाकोस बीचको खेल १–१ गोलको बराबरीमा सकिएको थियो भने अर्को खेलमा बसेल ३–० ले विजयी भएको थियो । 


प्रतिक्रिया