इंग्लिस क्लब ५ खेलाडी परिवर्तनको विपक्षमा

श्रावण २२, २०७७ | काठमाडौं

इंग्लिस प्रेमियर लिग फुटबलमा अब ३ खेलाडी मात्र परिवर्तन हुने भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाले कोरोना महामारीका कारण ५ खेलाडी परिवर्तन गर्न पाउने प्रावधान ल्याएपनि ईङ्लिस क्लबहरु भने त्यसको विपक्षमा देखिएका हुन् । 

उनीहरुले आज फिफाको सो प्रावधानको विपक्षमा मतदान गरेपछि आगामी सेप्टेम्बर १२ मा सुरु हुने ईङ्लिस प्रेमियर लिग फुटबलको नयाँ सिजनमा तीन खेलाडी मात्र परिवर्तन हुने भएको हो ।

कोरोना महामारीका बीच खेलाईएको २०१९–०२० को सिजनमा भने ५ खेलाडी परिवर्तन गर्न पाउने व्यवस्था थियो । 


प्रतिक्रिया