सान्चेज ईन्टरमा स्थायी रुपमै अनुबन्धित

श्रावण २३, २०७७ | काठमाडौं

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका फरवर्ड एलेक्सीस सान्चेजलाई ईटलीयन क्लव ईन्टर मिलानले स्थायी अनुबन्धन गरेको छ । ईन्टरले उनलाई ३ बर्षका लागि टोलीमा अनुबन्धन गरेको हो । 

उनी सन् २०१९ को अगष्टमा लोनमा ईन्टरले टोलीमा ल्याएको थियो । ३१ बर्षीय सान्चेजले ईन्टरबाट २९ खेलमा ४ गोल गरेका थिए ।

सन् २०१८ मा आर्सनलबाट युनाईटेड पुगेका सान्चेजले युनाईटेडका ४५ खेल खेलेका थिए । जसमा उनले ५ गोल गरेका थिए । 

युनाईटेडबाट पछिल्लो १२ महिनामा ईन्टरमा अनुबन्धित हुने उनी तेस्रो खेलाडी बनेका छन् । यसअघि रोमेलु लुकाकु र एस्ले योङ युनाईटेडबाट ईन्टर गएका थिए । 


प्रतिक्रिया