भेरभेभ र बुष्टा सेमिफाइनलमा

भाद्र २४, २०७७

जर्मनी अलेक्जेण्डर भेरभेभ र स्पेनका पाब्लो बुष्टा, पुरुष एकल तर्फ युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्रोएसियाका बोर्ना कोरिकलाई १–६, ७–६, ७–६ र ६–३ ले पराजित गर्दै पाँचौ वरियताका भेरभेभले अन्तिम चारमा स्थान बनाएका हुन् । अर्को खेलमा क्यानाडाका डेनिस सापा भालोभलाई ३–६, ७–६, ७–६, ०–६ र ६–३ ले पराजित गर्दै २० औं वरियाताका बुष्टापनि सेमिफाइनलमा प्रवेश गरे । सेमिफाइनलमा भेरभेभ र बुष्टाबीच खेल हुनेछ ।

यस्तै महिला एकल तर्फको खेलमा विजयी हुँदै जापानकी नाओमी ओसाका र अमेरिकाकी जेनिफर ब्राडी पनि सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा चौथो वरियाताकी ओसाकाले अमेरिकाकी सेल्बी रोगर्सलाई ६–३ र ६–४ ले पराजित गर्दा बार्टीले काजकिस्तानकी युलिया पुटिन्सेभालाई सोझो सेटमा पाखा लगाईन् । फाइनल प्रवेशका लागि ओसाका र बार्टीबीच खेल हुनेछ ।  


प्रतिक्रिया