सुपर ओभरमा पुगेको खेलमा बैङ्लोर बिजयी

आश्विन १३, २०७७ | काठमाडौं

रोयल च्यालेन्जर्स बैङ्लोरले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दोस्रो जित हात पारेको छ । सुपर ओभरमा पुगेको खेलमा गएराती मुम्बई ईण्डियन्सलाई पराजित गर्दै बैङ्लोरले सिजनको दोस्रो जित दर्ता गरेको हो । 

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनाएको थियो । जुन लक्ष्य बैङ्लोरले सहजै पुरा गर्यो ।

नियमित समयमा २ सय २ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेट गुमाएर २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो । ईशान किशानले ९९ र कायरन पोलार्डले अबिजित ६० रन बनाउँदै बैङ्लोरसंगको स्कोर बराबरी गरेका थिए । हार्दिक पाण्डेयाले १५ र क्विन्टन डि ककले १४ रन बनाए । बैङलोरका ईश्रु उडानाले २ तथा वासिङ्टन सुन्दर, युजबेन्द्र चहाल र एडम जाम्पाले समान एक किवेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैङ्लोरले ३ विकेटको क्षतीमा २ सय १ रनको उच्च योगफल तयार पारेको थियो । मुम्बईबिरुद्ध बैङलोरका ३ ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । एबी डिभिलियर्सले अबिजित ५५ रन बनाएको ईनिङसमा देवदत्त पाडिक्कलले ५४ र एरोन फिन्चले ५२ रन बनाए । शिभम दुवेले २७ रन जोडे । मुम्बईका ट्रेन्ट बोउल्टले २ तथा राहुल चहारले १ विकेट लिए ।

आईपीएलको ११ औं खेलमा आज सनराईजर्स हैदरावाद र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्नेछन् ।  


प्रतिक्रिया