गायक रामकृष्ण ढकाल र निलमको सम्बन्ध विच्छेद

पुस ९, २०७६ | काठमाडौं

चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहको सम्बन्ध विच्छेद भएको छ । रामकृष्ण र निलमले आज जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । निलमले सम्बन्ध विच्छेद गरी पाऊँ भनी हिजो अदालतमा निवदेन दिएकी थिइन् । 

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन् । न्यायाधीश विदुर कोइरालाको इजलासले आज पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो । 

निलमले हिजो निवदेन दिएपछि आज रामकृष्णले पनि आफू सम्बन्धविच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए ।

श्रेस्तेदार श्रेष्ठका अनुसार ढकाल छोरी भने आमा निलमसँगै रहने छिन् । निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएको पनि श्रेष्ठले जानकारी दिनुभयो । 

लालिगुराँस सहकारीसँगको ऋण सम्बन्धी मुद्दाका कारण ढकाल दम्पती केही समयदेखि तनावमा थियो । 


प्रतिक्रिया