काठ तस्करीको अभियोगमा ११ पक्राउ

श्रावण १२, २०७७ | दाङ

काठ तस्करीको अभियोगमा दाङको देउखुरीमा ११ जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका–४ देविकोटस्थित राष्ट्रिय वनबाट आईतबार राति १२ बजेतिर सालको काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लमहीका प्रमुख प्रविण विडारीले बताउनुभयो । 

उनीहरुको साथबाट १५ थान काठ बरामद् भएको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ का २५ वर्षीय विरबहादुर वली, १८ वर्षीय शिशिर शाही, १९ वर्षीय शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, २७ वर्षीय विष्णु गिरी, १८ वर्षीय राहुल भुसाल र २१ वर्षीय मनोज श्रेष्ठ छन् । 

यसैगरी राप्ती गाउँपालिका–८ का २४ वर्षीय दुर्गे थापा, १९ वर्षीय हेम थापा, २५ वर्षीय प्रकाश कुमाल र २० वर्षीय सञ्जिव विक पक्राउ परेको बिडारीले बताउनुभयो । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । अन्य १० जना फरार रहेको र उनीहरुको खोजी भैरहेको बिडारीले जानकारी दिनुभयो । 


प्रतिक्रिया