करेन्ट लागेर बिर्तामोडमा एकको मृत्यु

श्रावण १४, २०७७ | बिर्तामोड

करेन्ट लागेर झापाको बिर्तामोड नगरपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–७ खालबारीका ५० वर्षीय शम्सेर तामाङ रहेका छन् । तामाङलाई बिहान ९ बजेतिर आफ्नै घरमा करेन्ट लागेको थियो । 

नयाँ बनाउँदै गरेको घरमा पानी लगाउने क्रममा मोटरबाट करेन्ट सर्ट भएर तामाङ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा दिउँसो पौने ३ बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक (डीएसपी) राकेश थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया