घान्द्रुकमा जिप दुर्घटना हुँदा एकको मृत्यु

श्रावण १९, २०७७ | पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकको क्लीयूमा सोमबार जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । 

ग २ च २८१७ नम्बरको जिप भीरबाट खस्दा चालक मुस्ताङका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै मृत्यु भएको हो ।

वीरेठाँटी प्रहरी चौकीका हवल्दार शेरबहादुर कुँवरका अनुसार जिपका धनी समेत रहेका शेरचनले सोमबारनै घान्द्रुकमा खाद्यान्न पुर्‍याएर पोखरा फर्किँदै थिए । 

क्लीयूको उकालोमा जिप पछाडि गुडेर झण्डै ५ सय मिटर तलको मोदी खोलामा पुगेको थियो । शेरचनको शव भने बाटोबाट २ सय मिटर तल अड्किएको अवस्थामा फेला परेको थियो । 

वडा प्रहरी कार्यालय बगरको टोली घटनास्थल पुगेर शव निकालेको छ ।


प्रतिक्रिया