इस्टर्न सुगर मिलका एक कर्मचारीको करेन्ट लागेर मृत्यु

भाद्र २, २०७७ | मोरङ

सुनसरीको बर्जु गाउँपालिका–५ स्थित इस्टर्न सुगर मिलमा कार्यरत एक कर्मचारीलाई मंगलबार करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय तेजनारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । 

सो मिलमा काम गर्ने क्रममा मंगलबार बिहान १० बजे करेन्ट लागेर घाइते भएको चौधरीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ प्रहरीका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया