दुर्लभ वन्यजन्तु सालकसहित रुपन्देहीबाट ५ पक्राउ

भाद्र ३०, २०७७ | तिलोत्तमा

दुर्लभ वन्यजन्तु सालकसहित रुपन्देहीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले मंगलबार दिउँसो साढे ३ बजे उनीहरुलाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–७ का ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुलीको तीनपाटन गाउँपालिका–३ का ३२ वर्षीय लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाहीको हरिओम गाउँपालिका–१० का ६६ वर्षीय सूर्य लामा र उदयपुरको गाईघाट नगरपालिका–१ की ३५ वर्षीया नेत्रमाया राना रहेका छन् । 

बुटवल उपमहानगरपालिका–५ नेपालगञ्ज रोडबाट दुर्लभ वन्यजन्तु सालक र ५ थान मोबाईलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीका लागि डिभिजन वन कार्यालय रुपन्देही पठाईएको डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । 


प्रतिक्रिया