बसको ठक्करबाट हेटौंडामा एकको मृत्यु

आश्विन ३, २०७७ | मकवानपुर

बसको ठक्करबाट मकवानपुमा शनिबार एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका–७ का २९ वर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९, नेवारपानी र मनहरी–९, रजैयाको सिमानामा दुर्घटनामा भएको हो । दुर्घटनामा घाइते भएका अधिकारीको उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको रानाले जानकारी दिनुभयो । 

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनि बस र विपरीत दिशामा रहेको ना ४९ प २४०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया