जिप दुर्घटनामा परी मकवानपुरमा २ जनाको मृत्यु

आश्विन ५, २०७७ | हेटौंडा

मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतस्थित झिल्किनीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा स्थानीय १४ वर्षीय अनुप वाइबा र १३ वर्षीय रिजन तितुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

मनहरी बजारबाट सामानका र यात्रु बोकेर सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको जिप सडकबाट करीब ४० फिट तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । 

दुर्घटनामा घाइते भएका २७ वर्षीय सुरज शाहीलाई उपचारका लागि चितवन पठाएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित ७ जना सवार रहेका थिए । अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया