३७ केजी चरेस सहित कपिलवस्तुबाट २ महिला पक्राउ

आश्विन ७, २०७७ | कपिलवस्तु

लागू औषध चरेश सहित कपिलवस्तुबाट दुई जना महिललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनोहरी गाउँपालिका–९ बस्ने ४० वर्षीया शान्ति तामाङ र रोल्पाको साविकको उवा गाविस–५ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका–९ बानियाभर बस्ने ३५ वर्षीया बसन्ती घर्ती रहेका छन् । 

कृष्णनगर बजार क्षेत्रबाट ३७ केजी चरेस सहित बुधबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । बुधबार दिउँसो भारत तर्फ गईरहेका दुई महिलामाथि शंका लागेर सुरक्षा जाँदा गर्दा सो परिमाण बराबरको चरेश फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङसँग भारतीय आधार कार्ड रहेको छ ।

यस्तै, यशोधरा गाउँपालिका–७, मर्यादपुरबाट लागू औषध २७ ग्राम ब्राउन सुगर सहित दुई भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने नियाज धुनिया र अजमेरी धुनिया रहेका छन् । 

लुकाईछिपाई नेपाल तिर बेच्न ल्याउँदै गरेको अवस्थामा सो परिमाणको ब्राउन सुगर सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दुबै अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको छ । 


प्रतिक्रिया