सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्वार

आश्विन ९, २०७७ | गोरखा

गोरखाको चुमनुव्री गाउँपालिका २ ल्ही गाउँकी एक गर्भवतीको हेलिकप्टरबाट उद्वार गरिएको छ । ३० वर्षिया हिसे लामा सुत्केरी हुन नसकेपछि हेलिकप्टर चार्टर गरि काठमाडौ पठाइएको चुमनुव्री गाउँपालिकाका प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताउनुभयो । 

 राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका मन्त्रालयसँग समन्वय गरेर हेलिकप्टर चार्टर गरेको उहाँले उल्लेख गर्नुभयो । सडक सञ्जाल विस्तार नभएको चुमनुव्री गाउँपालिकामा आकस्मिक र जटिल खाले उपचारको लागि हेलिकप्टर चार्टर गनुपर्ने वाध्यता छ । 


प्रतिक्रिया