वन्यजन्तु संरक्षणमा समुदायलाई परिचलान गर्न जरुरी छ : माधव खड्का

श्रावण १८, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 2 August 2020 | 18 Shrawan 2077

वन्यजन्तु संरक्षणलाई यस क्षेत्रमा कार्यरतहरुको मात्रै जिमेवारी बनाउन नहुने सरोकारवालाले जोड दिएका छन् । वन्यजन्तु संरक्षण संघ नेपालका अध्यक्ष माधव खड्काले समुदायस्तरमा संरक्षणको महत्व बुझाउन जरुरी रहेको बताउनुभयो । रेन्जर्स्हरु अग्रभागमा रहेर खटिए पनि उनीहरुको एकल प्रयासमात्रै वन्यजन्तु र वातावरण संरक्षण गर्न सम्भव नहुने उहाँले उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै खड्काले नेपालले बाघको संख्यामा बृद्धिमा उल्लेख्य सफलता हासिल गर्नुको पछाडि समुदायको पनि ठूलै देन रहेको बताउनुभयो । अझ मध्यवर्ती क्षेत्रका स्थानीयले संरक्षण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने खड्काको भनाइ थियो ।


प्रतिक्रिया