माेतियाविन्दु जनतालाई हैन सरकारलाई लागेकाे छ : गगन थापा

श्रावण २१, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 5 August 2020 | 21 Shrawan 2077

पुर्व स्वास्थ्य मन्त्री एवम नेपाली काँग्रेसका नेता गगन थापाले कोरोना माहामारी नियन्त्रणमा सरकारले उचित भुमिका खेल्न नसकेको आरोप लगाउनुभएको छ । हिजो बिज्ञहरुसंग छलफल गर्नुबाहेक पछिल्लो एक महिनामा सरकारले नियन्त्रणको बिषय सोच्न पनि नभ्याएको उहाँको भनाई थियो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै नेता थापाले समुदायस्तरमा माहामारी फैलिसके पनि सरकार गम्भीर बन्न नसकेको जिकिर गर्नुभयो । माहामारी नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न नसकेपछि सरकार आफ्नो वचावमा लागेको भन्दै नेता थापाले मोतियाबिन्दु जनतालाई नभई सरकारलाई लागेको दाबी गर्नुभयो ।

केन्द्र सरकार उदासीन बन्दा प्रदेश र स्थानिय तहले पनि माहामारी नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न नसकेको थापाको भनाई थियो ।


प्रतिक्रिया