मुलुकमा भोकमरीको अवस्था आउन सक्छ : डा शिवराज अधिकारी

श्रावण २३, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 7 August 2020 | 23 Shrawan 2077

सरकारले तत्काल न्यून वर्गीय लक्षित कार्यक्रम नल्याए भोकमरीको अवस्था आउन सक्ने अर्थविद एवं प्राध्यापक डा शिवराज अधिकारीले चेतावनी दिनुभएको छ । कोभिड १९ ले उत्पादनमा असर परेसंगै वितरण प्रक्रीया समेत असफल हुँदै जाने हो भने त्यसको प्रत्यक्ष असर न्यून आय भएका सर्वसाधरणमा पर्ने डा अधिकारीको तर्क छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै अर्थविद अधिकारीले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर सवैभन्दा वढी प्रभावित भएको बताउनुभयो । राष्ट्रवैंकले १८ प्रतिशतले रोजगारी गुमाएको भनेर प्रतिवेदन सार्वजनिक गरेपनि बास्तविक रुपमा त्यो भन्दा धेरै प्रभावित हुन सक्ने अधिकारीले बताउनुभयो । राष्ट्रवैंकको निश्चित सीमाका कारण कोभिड १९ ले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावको बास्तविक तथ्याङक आउन नसकेको डा अधिकारीले बताउनुभयो ।


प्रतिक्रिया