कंग्रेसलाई कुलीन बर्गको कब्जाबाट जोगाउने मुख्य चुनौती छ : डा रिजाल

भाद्र १२, २०७७

The Headliners | Journalist Anil | 28 August 2020 | 12 Bhadra 2077

प्रमुख प्रतिपक्षी कंग्रेसका नेता डा मिनेन्द्र रिजालले पार्टीलाई कुलीन बर्गको कब्जाबाट जोगाउने मुख्य चुनौती रहेको बताउनुभएको छ । पार्टीमा पद्धती, बिचार र सिद्धान्त भन्दा पनि व्यक्ति केन्द्रीत राजनीति हावी भएको डा रिजालले बताउनुभयो । पार्टी सभापति शेर वहादुर देउवा र पत्नी आरजु देउवाप्रति लक्षित गर्दै नेता रिजालले भन्नुभयो, कुलिन बर्गले पार्टीलाई कब्जा गर्न खोजेको छ । उनीहरुको एकल इसारामा पार्टी कहिले सम्म चल्छ ?

सभापति देउवाले पार्टीलाई अस्तव्यस्त बनाएको उहाँले आरोप लगाउनुभयो । १४ औं महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको आकांक्षी धेरै भएकाले मिलाउने प्रयास भईरहेको नेता रिजालले बताउनुभयो ।


प्रतिक्रिया