निषेधाज्ञा प्रभावकारी बन्दै गएको छ : प्रजिअ हुमकला पाण्डे

भाद्र १७, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 2 September 2020 | 17 Bhadra 2077

उपत्यकामा बढ्दो माहामारीको प्रभाव न्युनिकरणका लागि निषेधाज्ञाले प्रभावकारी भुमिका खेलेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभएको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले यसको प्रभाव आगामी दिनको नतिजामा देखिने स्पष्ट पार्नुभयो । यो बिचमा सक्रमणको दर केहि बढेपनि निषेधाज्ञाकै कारण भयावहस्थिती नियन्त्रण गर्न सफल भएको पाण्डेको दाबी छ । 

पछिल्लो समय गरिएको निषेधाज्ञाका कारण सर्बसाधारणको दैनिकिमा केहि असहजता भएपनि माहामारी नियन्त्रणका लागि प्रभावकारी भएकाले निरन्तरता दिने पक्षमा आफुहरु अघि बढेको उहाँको भनाई थियो । यद्यपी गृह मन्त्रालयसंगको समन्वयनमा थप निर्णय लिने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया