शैक्षिक सत्र खेर जान दिन्नौ, अन्य विकल्प पनि सुरु गर्छौ : शिक्षामन्त्री गिरिराजमणी पोखरेल

भाद्र २०, २०७७

The Headlines | Journalist Prakash | 5 September 2020 |  20 Bhadra 2077

सरकारले चालु शैक्षिक सत्र खेर जान नदिने हिसावले कार्ययोजना अघि बढाएको छ । कोरोना माहामारीका कारण शैक्षिक गतिबिधि ठप्प भईरहेका बेला शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले शैक्षिक सत्रलाई उपयोग गर्न कार्यायोजना सहित प्रक्रिया थालेको मन्त्री गिरिराजमणी पोखरेलले बताउनुभयो । रेडियो कान्तिपुरसंग बिहान कुराकानी गर्दै मन्त्री पोखरेलले पहुँचमा नरहेका बिद्यार्थीलाई समेत शिक्षण सिकाईको दायरामा ल्याएर आगामी कार्ययोजना ल्याईने उल्लेख गर्नुभयो । भर्चुअल माध्यमबाट जारी कक्षालाई प्रभावकारी बनाउन अन्य विकल्पमा पनि छलफल अघि बढाईएको बताउदै उहाँले त्यसका लागि अभिभावक पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । माहामारीको अवस्था सुधार हुने संभावना तत्काल नदेखिएको स्पष्ट पार्दै दिर्घकालिन विकल्प हुने गरी भर्चुअल माध्यमलाई प्रभावकारी बनाईने उहाँको भनाई थियो ।


प्रतिक्रिया