बुढाले बिदा लिऔ, युवालाई नेतृत्व हस्तान्तरण गरौ : डा.बाबुराम भट्टराई

भाद्र २४, २०७७

The Headliners | Journalist Prakash | 9 September 2020 | 24 Bhadra 2077

पुर्वप्रधानमन्त्री एवम जनता समाजवादि पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले पुराना नेताबाट मुलुकको समृद्धि संभव नहुने बताउनुभएको छ । सोच, क्षमता र नेतृत्वका हिसाबले पनि उनीहरु कमजोर भएकाले विकल्प आवश्यक रहेको भट्टराईको भनाई थियो । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै उहाँले युवालाई नेतृत्वमा नल्याएसम्म मुलुकले विकासको छलाङ मार्न नसक्ने उल्लेख गर्नुभयो । अहिलेसम्मको प्रगतीका लागि वर्तमान नेतृत्वलाई धन्यवादसहित ससम्मान बिदाई गर्दै युवालाई अवसर दिनुपर्नेमा उहाँको जोड थियो । व्यवस्था परिवर्तन भएपनि पुरानै मानसिकताका कारण मुलुकको विकास र परिवर्तन सोचे अनुरुप हुन नसकेको आरोप लगाउदै युवाहरु दृढ संकल्पका साथ उभिनुपर्ने बताउनुभयो ।

हरेक नेता जनताको परिक्षणमा असफल हुनुले पनि त्यसलाई प्रमाणीत गरिसकेको भन्दै उहाँले सोच र व्यवहारमा देखिने भिन्नतानै अहिलेको मुख्य समस्या भएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया