गैरलोकतान्त्रिक चरित्रका कारण आगामी चुनावमा पार्टीले ठुलो मुल्य चुकाउनुपर्छ : नेकपा नेता गैरे

भाद्र २५, २०७७

The Headliners | Journalist Anil | 10 September 2020 | 25 Bhadra 2077

सत्तारुढ नेकपाका युवा नेता ठाकुर गैरेले पार्टी र सरकारबाट भईरहेको गैरलोकतान्त्रिक व्यवहारका कारण पार्टीले ठुलो मुल्य चुकाउनुपर्ने बताउनुभएको छ । कोभिड १९ संक्रमण जोखिम कम गर्न जनअपेक्षा अनुसारको काम हुन नसकेको नेता गैरेले स्वीकार गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान उहाँले भन्नुभयो, कोभिड १९ बाट न्यूनवर्गीय जनता असाध्यै मर्कामा परेका छन् । यता तर्फ सरकारको ध्यान जानु जरुरी छ ।

प्रतिनिधि सभाामा पराजित नेताहरुलाई राष्ट्रय सभामा लैजाने पार्टीको निर्णयलाई जनताले मन नपराएको र यसले लोकतन्त्र तथा जनमतको अपमान गरेको उहाँको भनाई छ ।


प्रतिक्रिया