जग्गा कित्ताकाट रोक्ने अघिल्लो सरकारको निर्णय गलत थियो : मन्त्री अर्याल

भाद्र २७, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 12 September 2020 | 27 Bhadra 2077

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गाको कित्ताकाट रोक्ने अघिल्लो सरकरको निर्णय गलत भएको बताउनुभएको छ । जग्गाको कित्ताकाट रोक्ने यसअघीको निर्णयबाट सर्वसाधरणले दुख पाएको र विचौलियालाई झन फाईदा पुगेको मन्त्री अर्यालले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै मन्त्री अर्यालले तत्कालिन समयमा गरिएको जग्गाको कित्ताकाटको निर्णयका कारण बिचौलिया र दलाललाई मात्रै फाईदा पुगेको बताउनुभयो ।

भूमी ऐन कार्यन्वयन भईसकेको अवस्थामा कृषि उपज जमिनको व्यवस्थापन र सर्वसाधरणको हितलाई ध्यानमा राखेर सरकारी निर्णय आएको उहाँको भनाई छ । मन्त्री अर्यालले भू उपयोग नियमावली मन्त्रीपरिषदबाट छिट्टै पारित हुने जानकारी दिनुभयो । नियमावली पारित हुनेवित्तिकै वैज्ञानिक भूमी व्यवस्थापन हुने मन्त्री अर्यालले दावी गर्नुभयो ।


प्रतिक्रिया