आगामी महाधिवेशनमा महिलालाई पदाधिकारीमा पुर्याउने हो : उमा रेग्मी

भाद्र २९, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 14 September 2020 | 29 Bhadra 2077

नेपाली काँगेसको भ्रातृ संगठन महिला संघकी अध्यक्ष उमा रेग्मीले माउ पार्टीको आगामी महाधिवेशनमा महिलालाई पदाधिकारी तहमा पुर्याएरै छाड्ने बताउनु भएको छ । त्यसका लागि महिला नेताहरुसँग छलफल चलिरहेको उहाँले उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेड

लाइनर्स्मा कुरा गर्दै उहाँले विधानले १४ पदाधिकारीको व्यवस्था गरेपनि १ जना महिलामात्रै आरक्षित गरिएकोमा उहाँले त्यसलाई संशोधन गर्न माग गर्नुभयो । केन्द्रीय कमिटिले महिलाको सिट संख्या थप्ने काम नगरे महाधिवेशनको हलबाटै त्यसको सम्बोधनको आवाज उठ्ने रेग्मीको भनाइ थियो ।

माउ पार्टीको महाधिवेशन भन्दा अघि भ्रातृ संगठनको अधिवेशन गर्ने या नगर्ने भन्नेमा अहिले छलफलमात्रै चलिरहेकाले अहिले नै अधिवेशनको मिति घोषणा गर्न आवश्यक नरहेको उहाँले उल्लेख गर्नुभयो । माउ पार्टीले अधिवेशन गर भन्यो भने ६ महिनाभित्र अधिवेशन गर्नका लागि आपूmहरु तयार रहेको रेग्मीले बताउनुभयो ।


प्रतिक्रिया