महाधिबेशन निर्धारित समयमा नहुन सक्छ : विश्वप्रकाश शर्मा

भाद्र ३१, २०७७

The Headliners | Journalist Prakash | 16 September 2020 | 31 Bhadra 2077

 नेपाली कांग्रेसको १४ औ महाधिबेशन आगामी फागुनमा नहुने संभावना बढेको छ । मुलुकमा जारी कोरोनाको माहामारीको अवस्था तथा पार्टीको क्रियाशिल सदस्यता विवाद र समायोजनमा देखिएको समस्याका कारण फागुनको मिती पनि टर्ने संभावना बढेको हो । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले यकिन निर्णय नभएपनि निर्धारित तालिका प्रभावित हुन सक्ने बताउनुभयो । क्रियाशील सदस्यता वितरण तथा समायोजनको काममा कुनै विवाद नरहेको बताउदै उहाँले प्रतिकुल परिस्थितीले केहि प्रभाव पारेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया