निष्ठाको राजनीति गर्नेले सांसद र मन्त्री बन्ने सपना नदेखे हुन्छ : चित्र वहादुर केसी

आश्विन ११, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 27 September 2020 | 11 Ashwin 2077

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र वहादुर केसीले राजनीतिमा भ्रष्टीकरणले सीमा नाघेको बताउनुभएको छ । चरम भ्रष्टाचारसंगै सत्तारुढ नेकपा विचौलियाको चङ्गुलबाट वाहिर निस्कन नसकेको अध्यक्ष केसीले आरोप लगाउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले भन्नुभयो, ठेकेदारको पार्टी नेकपालाई कम्युनिष्ट भन्न सुहाउँदैन । उहाले निष्ठाको राजनीति गर्नेले संसदमा आउने मन्त्री बन्ने सपना नदेखे पनि हुने बताउनुभयो । कंग्रेसले पनि प्रतिपक्षीको भुमिका खेल्न नसकेको उहाँको भनाई छ ।


प्रतिक्रिया