अस्पताल नजिक हवाई आक्रमण हुँदा ७ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०७५ | काठमाडौं

- यमनको एक अस्पताल नजिक हवाई आक्रमण हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ जना बालबालिका र अन्य अस्पतालका कर्मचारी रहेको सेभ दि चिल्ड्रेनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

साडा शहरनजिक रहेको किताफ ग्रामिण अस्पताल नजिक आक्रमण भएको हो । हुथी विद्रोही विरुद्ध कारवाही अभियान चलाईरहेको साउदी नेतृत्वको गठबन्धनको सेनाले आक्रमण गरेको आशंका गरिएको छ । सो गठबन्धनले यमनको हवाई क्षेत्रमा लगभग कब्जा जमाइसकेको छ ।

 


प्रतिक्रिया