कपालको चायाँ हटाउने काइँयो

रेडियो कान्तिपुर संवाददाता

मंसिर ५, २०७३ | काठमाडौं

भारतको दिल्लीमा आयोजना भएको एक व्यापारिक मेलामा अनौठो सामग्री राखिएको थियो । हामीले चायाँ कम गर्न विभिन्न आयुर्वेदिक औषधीका साथै स्याम्पु समेत प्रयोग गर्ने गर्दथ्यौं ।

तर, अचम्मको कुरा के भने सो मेलाको एक पवेलियनमा एन्टी डयान्ड्रफ सहितको सुविधा भएको काइँयो राखिएको थियो । सो काइँयो काठबाट बनेको, निमको  विशेषता र एन्टी फंगलको गुण भएकाले चायाँ हटाउनुका साथै टाउँको चिलाउने समस्याको समाधान हुने विशेषता रहेको छ ।

यो काइँयो प्रयोग गर्ने प्रयोगकर्ताले कपाल झर्ने र चायाँको समस्या कम भएको बताएका छन् । प्लाष्टिकको काइँयोले कपाललाई कमजोर बनाउनुका साथै झर्ने समेत समस्या निम्त्याउने गरेको उपभोक्ताको बुझाई छ ।  

 


प्रतिक्रिया