एमालेले कपिलबस्तु र दाङमा सभा गर्ने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३०, २०७३

 

मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज कपिलबस्तु र दाङमा सभा गर्ने एमालेले जनाएको छ । सप्तरी घटनापछि प्रदेश नम्बर दुईका सम्पूर्ण कार्यक्रम स्थगित गरी हेटौडाबाट पुन: अभियान थालेको एमालेले कपिलबस्तुको जितपुरमा बिहान ११ बजे र दाङको लमहीमा दिउँसो २ बजे कार्यक्रम गर्ने जनाएको छ ।

प्रदेश नम्बर ५ अन्तरगतका बिभिन्न स्थानमा जारी सभामा सर्वसााधारणको उल्लेख्य उपस्थिति पाएपछि हौँसिएको एमालेले आफ्नो अभियान प्रभावकारी भएको दावी गरेको छ ।

प्रचार बिभाग प्रमुख योगेश भट्टराईले प्रदेश नम्बर ५ मा भएका सभामा संविधान संशोधनको आवश्यकता नरहेको र निर्वाचनको वातावरण बनाउन कार्यकर्ताबाट सुझाव आएको जानकारी दिनुभयो ।

प्रदेश नम्बर ५ टुक्र्याउनु नहुने मत बलियो रहेको दावी गर्दै उहाँले कार्यकर्ताको सुझावअनुसार आगामी दिनमा एमालेले थप रणनीति बनाउने उल्लेख गर्नुभयो । गत २१ गते काँकडभिट्टाबाट सुरु भएको एमालेको अभियान कञ्चनपुर हुँदै सुर्खेतमा पुगेर सकिने छ ।  


प्रतिक्रिया