गैँडा मारिएकोमा शोक र्‍याली

वैशाख ३, २०७४ | चितवन

 

चितवनको बेलहट्टा हरियाली मध्यवर्ति सामुदायिक वनमा गत चैत २५ गते गैँडा मारिएको विरोधमा सौराहामा आज शोक र्‍याली निकालिएको छ । २२ औं वन्यजन्तु सप्ताह चली रहेको समयमा आज तेश्रो दिन विभिन्न ४५ वटा संघ संस्थाको अगुवाईमा र्‍याली निकालिएको हो ।

र्‍यालीमा विद्यार्थी, संरक्षणकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीको सहभागिता रहेको थियो । र्‍यालीमा सहभागिले तस्करलाई किरा परोस, खाग कुनै औषधी होइन, चोरी शिकार निर्मुल पारौं, एक सिंगे गैंडाको संरक्षण गरौं जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सौराहाको आगन्तुक चोकबाट सुरु र्‍याली हात्ती चोक हुदैं गैंडाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कार्यक्रममा बोल्दै संरक्षणकर्मीले गैंडा मार्नेलाई चांडो भन्दा चांडो पक्राउ गरी कारबाही गरेर संरक्षणमा सहयोग गर्न आग्रह गरे ।

समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण उप समितिकी अध्यक्ष डोमा पौडेलले बैशाख ७ गते सम्म बन्यजन्तु सप्ताह चल्ने बताईन ।

उनले गैंडालाई धारिलो हतियार प्रयोग गरी मारेर तस्करले खाग लगेकाले संलग्न दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग गरिन । 

 

 


प्रतिक्रिया