सम्बन्ध विच्छेदको कारक परेवा !

रेडियो कान्तिपुर संवाददाता

श्रावण २४, २०७४ | काठमाडौं

सुन्दा अचम्म लाग्न सक्छ, मायाको प्रतिकका रुपमा लिइने परेवालाई एउटा देशमा सम्बन्ध विच्छेदको कारक मानिएको छ । इन्डोनेशियाको जाभा प्रान्तमा सम्बन्ध विच्छेदको घटना बढ्नुमा एउटा कारक पक्ष परेवालाई लिइएको हो ।

जाभा प्रान्तको पुर्वालिंगा स्थित धार्मिक अदालतमा गत जुलाईमा परेवाका कारण ९० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको बीबीसीले उल्लेख गरेको छ । जुलाई पश्चात समेत सम्बन्धविच्छेदको घटना दर्ता गराउने क्रम बढेको जाकर्ता पोष्टमा उल्लेख गरिएको बताइएको छ ।

अदालतका एक कर्मचारीका  अनुसार मुद्दा दर्ता गर्न आउने पीडितले आफ्ना पतिले परेवा दौड प्रतियोगितामा पैसा गुमाएपछि आर्थिक संकट उत्पन्न हुनुले सम्बन्धविच्छेद गर्न बाध्य भएको बताएकी छन् ।

आफ्ना पतिले परिवारलाई समय दिनुको साटो परेवा दौडमा दिनभरी व्यस्त हुनेभएपछि आजित भएर यस्तो कदम चाल्न बाध्य भएको पीडित महिलाहरुले बताएका छन् । इन्डोनेशियाको प्रख्यात खेलका रुपमा रहेको परेवा दौडमा पुरुषहरुले हजारौं रकम दाउमा लगाउने गर्दछन् ।

अर्को रोचक पक्ष के  छ भने  इन्डोनेशियाको पुर्वालिंगामा अधिकांश पुरुष वेरोजगार छन्, महिलाहरु भने काममा व्यस्त हुन्छन् । प्राचिन समयमा भारतको आन्ध्र प्रदेशमा समेत प्रख्यात रहेको परेवा दौड प्रतियोगिता हाल भने सो स्थानमा नखेलिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

 


प्रतिक्रिया