पपुवा न्यू गिनीमा भेटिएको खप्पर सबैभन्दा पुरानो सुनामी पीडितको

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ९, २०७४ | काठमाडौं

पपुवा न्यू गिनीमा फेला परेको मानव खप्पर विश्वमै सबैभन्दा पूरानो सुनामी पीडितको हुनसक्ने बैज्ञानिकहरुले अनुमान गरेका छन् । ऐटेप शहरमा सन् १९२९ मा फेला परेको सो खप्पर मानव जातीकै पूर्खाको भएको हुनसक्ने बैज्ञानिकहरुको अनुमान छ ।

६ हजार बर्षअघि सुनामीमा परेर ती व्यक्तिको मृत्यु भएको बैज्ञानिकहरुले बताएका छन् । बैज्ञानिहरुको अन्तर्राष्ट्रिय समुहले लामो समयको खोज अनुसन्धानपछि सो तथ्य पत्ता लगाएका हुन् ।

 


प्रतिक्रिया