४ हजार ४ सय वर्ष पूरानो समाधि भेटियो

रेडियो कान्तिपुर संवाददाता

माघ २१, २०७४ | बीबीसी

विश्व विकास क्रम र आधुनिकतामा ढल्केसंगै अध्ययन र अनुसन्धानबाट पछिल्लो समय प्राचीन महत्वका विषय फेला पर्न थालेका छन् । इजिप्टमा पुरात्वविद्ले ४ हजार ४ सय वर्ष प्राचीन एक महिला पूजारीको समाधि फेला पारेको छ । राजधानी कायरोमा फेला परेको सो समाधि स्थलको वरपरका पर्खालमा सुन्दर तस्बिर समेत कुदिएका छन् ।

गिजाको पिरामिड संगै उत्खनन गर्ने क्रममा सो समाधी फेला परेको प्राचीन मन्त्रालयले जनाएको छ । गिजाको पश्चिमतर्फको समाधि स्थल नजिकै पूरानो राजदरबार रहेको थियो । समाधि स्थलमा भेटिएका पूजारीको राजदरबारसंग गहिरो सम्बन्ध भएको हुन सक्ने प्राचीन मन्त्रालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ 


प्रतिक्रिया