सन् २०१८ मा १२ सय ५४ वटा होटल थपिए

असार ३०, २०७६ | काठमाडौं

मुलुकमा पछिल्लो समय पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । मुलुकका विभिन्न पर्यटकीय क्षेत्रामा विदेशी तथा स्वदेशी पर्यटकको आवागमन बढेसँगै सुविधा सम्पन्न होटल स्थापनासँग यसको व्यवसाय पनि फस्टाउदै गएको छ ।

पर्यटकलाई लक्षित गरी मुलुकका विभिन्न स्थानमा सन् २०१८ मा मात्रै साना ठूला गरी १ हजार २ सय ५४ वटा होटलहरु थपिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले सार्वजनिक गरेको नेपाल टूरिजम स्टाटिसटिक्स अनुसार सन् २०१८ मा १ हजार २ सय ५४ वटा होटलहरु सञ्चानमा रहेको देखिएको छ । गत वर्षको तुलनामा यो वर्ष साना–ठूला गरी १ सय ५३ वटा नयाँ होटल स्थापना भएको मन्त्रालयको तथ्याङ्क छ । 

पयर्टन क्षेत्रले नेपालको राजश्व संकलनमा समेत ठूलो योगदान पुर्‍याउँदै आएको छ । नेपालमा सरकारी, निजी र साझेदारी रुपमा पर्यटन व्यवसाय सञ्चालन हुँदै आएको छ । २०७२ को विनाशकारी भूकम्पछि केही समय सुस्ताएको नेपालको पर्यटन क्षेत्र हाल तंग्रिंदै गएको छ ।

पदमार्ग लगायत पर्यटकीय क्षेत्रहरुको मर्मत सम्भारसँगै पर्यटकको बढ्दो आवागमनले ट्राभल एजेन्सी, टूर गाईड, टूर अप्रेटर, र्‍याफ्टिङ एजेन्सी, ट्र्केिङ एजेन्सी र अन्य गाईडको व्यवसाय पनि विस्तारै बढ्दै गएको सरकारी तथ्याङकले देखाएको छ । 

मुलुकका विभिन्न स्थानमा रहेका कुल ४९ वटा मध्ये ३५ वटा विमानस्थल सञ्चालनमा छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अन्य १४ वटा विमानस्थल भने निष्क्रिय अवस्थामा छन् । हाल सञ्चालित ३५ मध्ये ३१ वटा विमान स्थल भने सबै मौसममा पनि सञ्चालन हुने गरेको पाइएको र अन्य ५ वटा विमानस्थल निर्माणधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया