भैरहवा–पोखरामा यतीको उडान सुरु

श्रावण १६, २०७६ | काठमाडौं

निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले भैरहवा–पोखरा हवाई उडान सुरु गरेको छ । पोखराबाट १४ यात्रु लिएर आज भैरहवा पुगेको यती एयरको विमान, सोही संख्यामा यात्रु लिएर पोखरा फर्किएको छ ।

भैरहवा–पोखरा सेक्टरमा करिब २ बर्षदेखि निजी बिमानसेवा कम्पनी बुद्ध एअरले पनि दैनिक उडान संचालन गर्दै आएको छ । यतीको यो हवाई उडानसंगै भैरहवा–पोखरा अब दैनिक दुई उडान सेवा संचालनमा छ । 

खासगरी शान्तिका अग्रदूत बुद्ध जन्मस्थल लुम्बिनी र पर्यटकीय नगरी पोखरालाई सहज हवाईमार्गले जोड्ने सेवा सुरु गरिएको यती एयर भैरहवा शाखा व्यवस्थापक बासुकी राणाले बताउनुभयो ।  


प्रतिक्रिया