एक्याप क्षेत्रमा अझै १२ मुलुकका ४४ पर्यटक

जेष्ठ ६, २०७७ | लम्जुङ

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मनाङ, मुस्ताङ र कास्कीमा गरी १२ मुलुकका ४४ पर्यटक अझै पदयात्रा क्षेत्रमै रहेका छन् । 

लकडाउनअघि पदयात्रामा गएका पर्यटक त्यस क्षेत्रमै सुरक्षित महसुस गरी बसेका हुन् । २५ जना पुरुष र १९ महिला अहिले पदयात्राका होटल तथा होमस्टेमा बसेका छन् । कोरोना भाइरस संक्रमणको डरले उनीहरु आफ्नो देश नफर्केको स्थानीयले बताएका छन् ।

एक्याप केन्द्रीय कार्यालय पोखराका प्रमुख राजकुमार गुरुङका अनुसार लकडाउन शुरु हुनअघि धेरै पर्यटक संरक्षित क्षेत्रभित्रको पदयात्रामा थिए । सम्बन्धित देशहरुले विमान चाटर्ड गरेपछि धेरै पर्यटकलाई स्थानीय प्रशासन र प्रहरीले लकडाउनको समय उद्दार गरी पठाएपनि हाल रहेकाहरु भने फर्कन अस्वीकार गर्दै नेपालमै बसेको प्रमुख गुरुङले बताउनुभयो ।

एक्यापका अनुसार यीमध्ये १६ जना चिनियाँ, २ जना मलेसियन, ५ जना रुसी, ४ जना जर्मन छन् । यस्तै, अष्ट्ेरलिया, अमेरिका, फ्रान्स र इटालीका ३/३, अर्जेन्टिनाका २ तथा जापान, फिलिपिन्स र स्वीडेनका १/१ जना छन् । 


प्रतिक्रिया