रौतहटमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ २०, २०७७ | रौतहट

– रौतहटमा थप ७४ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टाईन बसेकाहरुमा संक्रमण देखिएको हो । पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुमा संक्रमण देखिन थालेको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेका अनुसार गौर नगरपालीकामा १३, दुर्गाभगवती गाउँपालिकामा १४, राजपुर नगरपालीकामा २१, गढिमाई नगरपालीकामा १, परोहामा ४, राजदेवीमा १८, यमुनामाइमा ३ जानामा संक्रमण देखीएको हो । यो समेत जिल्लामा संक्रमितको संख्या ३०७ पुगेको छ । तिनजना निको भएर घर फर्केका छन् । टेकुमामा गरिएको टेष्टमा ३६ र धुलीखेलमा ३८ जनामा संक्रमण पुष्टि भएको प्रजिअ घिमिरले बताउनुभयो ।

जिल्लामा पछिल्लो समय संक्रमण देखिएकाहरु सबै भारतबाट फर्केका हुन् । उनीहरु भारतको दिल्ली, मुम्बई, केरला, हरियाणा लगायतका शहरहरुमा काम गर्न गएका थिए । भारतका बिभिन्न शहरमा कोभिड १९ को संक्रमण बढ्न थालेपछि भारत सरकारले जारी गरेको लकडाउनका कारण नेपालीहरु उतै फसेका थिए । तर पछिल्लो समय लकडाउन खुकुलो बनाएपछि अहिले धमाधम घर फर्केका छन् । 

अहिले भारतबाट फर्केकाहरु झण्डै ८ हजारको हाराहारीमा जिल्लाको विभिन्न स्थानीय तहको क्वारेन्टाईनमा राखिएको छ । भारतबाट घर फर्केकाहरुलाई सीमा क्षेत्रबाटै सिधै क्वारेन्टाईनमा लैजाने गरिएको छ । अहिले क्वारेन्टाईनमा बस्नेहरुमा सत्रंmमण देखिएको छ ।  


प्रतिक्रिया