तस्करीमा संलग्न रहेको आरोपमा ११ प्रहरी छानविनको दायरामा

असार २४, २०७७ | मोरङ

लकडाउनका समयमा सिमा क्षेत्रमा हुने तस्करीमा संलग्नलाई सहयोग गरेको आरोपमा मोरङका ११ प्रहरीमाथि अनुसन्धान सुरु भएको छ । सीमा क्षेत्रमा भइरहेको तस्करीमा संलग्न रहेको आरोपमा प्रदेश १ प्रहरी कार्यालयले ४ र जिल्ला प्रहरी मोरङले ७ जना प्रहरीमाथि अनुसन्धान सुरु गरेको हो । 

जहदा गाउँपालिका ५ लक्ष्मिनियाँमा भारतबाट अबैध रुपमा यूरिया मल ल्याइरहेको धनपालथान ३ का ३३ बर्षीय चालक सुरेन्द्रकुमार सिंहलाई को २ त ५८७५ नम्बरको ट्रयाक्टरसहित प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । यस्तै, भारतबाट अबैध रुपमा ल्याएको ५ लाख ३० हजार मूल्य बराबरको कपडासहित प्रदेश १ प्रहरीले ६ जनालाई बिहीबार विराटनगर १२ बखरीबाट पक्राउ गरेको थियो । 

विराटनगर १५ का राजा पासमान, बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनास चौधरीलाई पक्राउ गरेको हो । उनीहरुले को १ ह ८४५१ नम्बरको टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाइकलमा कपडा लिएर भारतबाट नेपालतर्फ आइरहेको अबस्थामा प्रदेश १ प्रहरीका टोलीले नियन्त्रणमा लिएको थियो । 

विराटनगरबाट खाद्य समाग्री भारततर्फ तस्करी भएर गएको सूचना प्राप्त भएपछि डियूटीमा रहेका प्रहरीलाई अनुसन्धानको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खडकाले बताउनुभयो । 

 अन्तरदेशीय सीमा तस्करीमा संलग्नता रहेको आशंकामा इलाका प्रहरी कार्यालय रानीमा कार्यरत ६ जना र प्रहरी चौकी डोरिया र बुधनगरमा कार्यरत ५ जना गरी ११ जनालाई अनुसन्धानका लागि तानिएको छ । जसमा जुनियर प्रहरी अधिकृतदेखि प्रहरी जवानसम्म रहेको प्रहरी उपरीक्षक खडकाले बताउनुभयो । 


प्रतिक्रिया