कोरोनाबाट नेपालमा हालसम्म ६५ जनाको मृत्यु

श्रावण २२, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । संक्रमणका कारण साउन यता मात्रै विभिन्न जिल्लामा गरी २६ जनाको मृत्यु भएको हो । 

स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपचारका क्रममा काठमाडौंको ओम अस्पताल तथा रिसर्च सेन्टरमा साउन १७ गते मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढका ७२ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । 

उनी दम तथा मधुमेहको बिरामी थिइन् । यसअघि हिजो मात्र मोरङ, पर्सा, सर्लाही र सप्तरीमा थप ६ जनाको मृत्यु भएको थियो ।

यस्तै, पर्साको नारायणी अस्थाई कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । कोरोना परीक्षणका लागि उनको हिजो साँझ स्वाब संकलन गरिएपनि हालसम्म रिपोर्ट आएको छैन् । 

अस्पतालका संयोजक डा.उदय नारायण सिंहका अनुसार मुटु रोगी ती व्यवसायी निमोनिया र स्वास प्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखिएका उनको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।  


प्रतिक्रिया