त्रिविका सबै सेवा भदौ १५ सम्म बन्द

श्रावण २६, २०७७ | काठमाडौं

त्रिभुवन विश्वविद्यालयले अत्यावश्यक बाहेक अन्य सबै सेवा आगामी भदौ १५ गतेसम्म बन्द गर्ने भएको छ । कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएपछि सो निर्णय गरिएको सुचना महाशाखा प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

परीक्षा लगायतका अन्य गतिविधि संचालनको तयारी गरेको विश्वविद्यालयले अर्को सुचना नआएसम्म सबै क्रियाकलाप पुन: स्थगित गर्ने निर्णय गरेको अधिकारीले बताउनुभयो । यद्यपी विश्वविद्यालयले संचालन गरेको अनलाइन कक्षा भने जारी रहने छ । 

विश्वविद्यालयका सबै कार्यालय, पदाधिकारी, शिक्षक र कर्मचारहरुले कार्यालयहरुमा पत्राचारको लागि इमेल प्रयोग गर्न पनि त्रिविले सुचना जारी गरेको छ । स्थानीय प्रशासनले लकडाउन तथा निषेधाज्ञा जारी गरेमा कार्यालयका सम्पूर्ण सेवाहरु समेत बन्द रहने अधिकारीले बताउनुभयो । 


प्रतिक्रिया