विराटनगरमा घरमै एक संक्रमितको मृत्यु

भाद्र ५, २०७७ | विराटनगर

विराटनगर महानगरपालिकामा थप एक संक्रमितको मृत्यु भएको छ । गएराति विराटनगर ६ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

सोमबार स्वाब संकलन गरेका उनको बुधबार रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए पनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बसेका थिए । महानगर ६ का वडाध्यक्ष वीजय कामतले संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लैजाने प्रयास गरेको तर, आइसोलेसन केन्द्रहरु संक्रमित बिरामीले भरिभराउ रहेकाले घरमै बस्दै आएका उनको गएराती अचानक मृत्यु भएको हो । 

अहिले सो क्षेत्रमा आइसोलेसन केन्द्रमा शय्या अभावका कारण ४० जना संक्रमित घरमै बस्न बाध्य छन् ।

महानगरमा होम आइसोलेसनमा ३ सय ३१ जना छन् । 


प्रतिक्रिया