मापदण्ड भन्दा बाहिर गई पीसीआर परीक्षण नगर्न निजी प्रयोगशालाहरुलाई निर्देशन

आश्विन ११, २०७७ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गई पीसीआर परीक्षण नगर्न निजी प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । निजी प्रयोगशालाले शुल्क लिएर मापदण्ड बाहिरका मानिसको परीक्षण गर्दा कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको काममा अप्ठ्यारो पर्ने भन्दै जथाभावी परीक्षण नगर्न मन्त्रालयले भनेको हो । 

लक्षण भएका, कन्ट्याक ट्रेसिङमा परेका, अग्रपंक्तिमा खटिएका लगायत सरकारले तोकेको मापदण्डभन्दा बाहेकलाई परिक्षण गराउनु गलत भएको मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सरकारले बनाएको पछिल्लो मापदण्ड अनुसार ज्वरो, सुक्खा खोकी, श्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नपाउने, पखाला लगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले मात्रै पीसीआर परीक्षण गराउन सक्ने छन् ।


प्रतिक्रिया