बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

आश्विन १३, २०७७ | बाँके

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले बताउनुभयो । 

उपचारकै क्रममा कोहलपुर नगरपालिका–१० का ५३ बर्षका पुरुष र नेपालगञ्जका ४१ बर्षिय पुरुषको गएराति मृत्यु भएको हो ।

कुरुवाङ्गका अनुसार दुबैको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्जका ४१ बर्षीय पुरुष नेपालगञ्जस्थित मेडिकल कलेज अस्पतालका सहायक कर्मचारी हुन् । 


प्रतिक्रिया