बेलायतमा अलपत्र नेपालीहरु फर्कने मिति तय

असार ५, २०७७ | लण्डन

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण बेलायतमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन पाउने भएका छन् । 

बेलायतस्थित नेपाली दूतावासले लकडाउनका कारण अलपत्र परेका नेपालीहरुलाई आगामी बुधबार र शुक्रबार स्वदेश फर्कन पाउने ब्यवस्था मिलाएको छ । 

जजीरा एरवेजको चार्टर्ड उडान मार्फत अलपत्र नेपालीहरु आगामी जुनको २४ र २६ तारिखमा स्वदेश फर्कन पाउने दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो । 

नेपाल फर्कन चाहनेहरुले ब्यक्तिगत रुपमा टिकट खर्च ब्यहोर्नु पर्नेछ । नेपाल फर्कनका लागि पीसीआर वा आरडीटी रिपोर्ट नेगेटिभ अथवा कोभिड–१९ को कुनै लक्षण नभएको प्रमाणपत्र पेश गर्नु पर्नेछ । 

नेपाल अवतरण पश्चात नेपाल सरकारले तोके अनुसार क्वारेन्टिनमा बस्नुपर्ने शर्तमा उनीहरुलाई फर्काउन लागिएको हो ।


प्रतिक्रिया