दशककै सबैभन्दा धेरै वर्षा

असार १८, २०७५ | कपिलवस्तु

कपिलवस्तुमा १२ वर्ष यता सबैभन्दा धेरै वर्षा भएको छ । आईतवार बिहान ८ बजेर ४५ मिनेटदेखि सोमवार बिहान ७ बजेर ४५ मिनेट सम्ममा १ सय ७८ दशमवल २ मिलिलिटर वर्षा भएको रामनगर स्थित जल तथा मौषम विज्ञान विभाग ईकाईले जनाएको छ ।

‘२४ घण्टामा यति बढी वर्षा भएको रेकर्ड थिएन्’ ईकाईका रामु रेग्मीले भने, ‘हामीले रेकर्ड राख्न थालेको १२/१३ वर्षकै ठूलो वर्षा हो ।’ अझ बिहान आज ८ बजेपछि ठूलो वर्षा भएको थियो । सोमवार दिउँसो ३ बजे सम्म वर्षा भईरहेको थियो । ५ वर्ष अघि सबैभन्दा धेरै १ सय ७५ मिलिलिटर वर्षा भएको रेकर्ड गरेका थियौं, उनले भने । 

अविरल वर्षापछि खेत, पोखरी र होचो भूभाग जलमग्न भएका छन् । होचो ठाउँमा रहेका गाउँ बस्तीका खेच र खाली जग्गा पानीे भरिएको छ । शिवराज नगरपालिका ६ पैकी बण्डाका २ घरमा पानी पसेको थियो । खेतमा जम्मा भएको पानी घरमा पसेको थियो । प्रहरी र स्थानीयको सहयोगमा पानी बाहिर निकालिएको छ । 

अविरल वर्षा भएपनि कही केही क्षति नभएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक मनोज यादवले बताउनुभयो । ‘हामी तयारी अवस्थामा सतर्कता साथ बसेका छौं’ उहाँले भन्नुभयो, ‘कही कतैबाट उद्धारका खबर आउना साथ मुभ हुन्छौं ।’

जिल्लाका नदीमा जलस्तर बढेको छ । तर कही कतैपनि खतरको अवस्थामा पुगेको छैन् । ‘जिल्लाका सबै ठाउमा संपर्कमा छौं’ प्रजिअ मदन भुजेलले भन्नुभयो, ‘अहिले सम्म स्थित सामान्य छ ।’ 


प्रतिक्रिया