कृष्णनगरमा ५ घण्टा कफ्यु हटाईयो

कार्तिक ५, २०७५ | कपिलवस्तु

 कपिलवस्तुको सीमा बजार कृष्णनगरमा ५ घण्टाका लागि कफुयु हटाईएको छ । आज मध्यान्न १२ बजदेखि साँझ ५ बजे सम्मलाई कफुयु हटाईएको हो ।  यस अघि विहान ८ देखि १२ बजे सम्म ४ घण्टा कफ्र्यु हटाईएको थियो । स्थानीयबासीको आग्रहमा उनीहरुलाई किनमेल गर्न, खाद्यान्न र उपभोग्यबस्तु आपुर्ति व्यवस्था मिलाउनकालागि कफ्र्यु हटाईएको समय थप गरिएको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताउनुभयो  । 

 दुर्गा मुर्ति परिक्रमा गर्ने क्रममा शुक्रवार साँझ जुुलुसमाथि ढुङ्गा हानिएपछि भड्किएको विवादले उग्र रुप लिएपछि  ३ दिनदेखि तनानग्रस्त कृष्णनगरमा हिजो साँझ ५ बजेबाट अनिश्चितकालिन कफुयु लगाईएको थियो । अवस्था सहज बन्दै गएपछि केही समयका लागि कफुर्यु हटाईएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताउनुभयो  । १२ बजेपछि अवस्था हेरेर कफुर्युलाई निरन्तरता दिने /नदिनेबारे निर्णय लिईने उहाँले बताउनुभयो । 

पुर्वमा सेमरा गाउँ, पश्चिममा झण्डेनगर सिर्सिहवा चोक, उत्तरमा शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कफ्र्यु लगाईएको थियो । कफ्र्युका समयमा घर बाहिर ननिस्कन, आवतजावत नगर्न, भेला र जुलुस नगर्न प्रतिबन्ध लगाईएको छ ।

तनाबका कारण शुक्रवार विसर्जन गर्न लागेको दुर्गामुर्ति हिजो साँझ ७ बजे मात्र विसर्जन गरिएको थियो । कफ्र्यु लगाएर मर्ति स्थानीय सुरई खोलमा विर्सन गरिएको हो । 


प्रतिक्रिया