चन्द समूहका युवा नेता पक्राउ

पुस ९, २०७६ | लमजुङ

लमजुङ प्रहरीले नेत्र विक्रम चन्द समूहका एक नेतालाई पक्राउ गरेको छ । चन्द समूहको युवा संगठनका लमजुङ संयोजक एवं पार्टीको जिल्ला कमिटी सदस्य ३३ वर्षीय रविन्द्र नखोलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालयका डीएसपी रबिन्द्रमान गुरुङका अनुसार राइनास नगरपालिका ७, धमिलिकुवाको उनकै घर छेउछाउबाट मंगलबार राति १ बजेतिर उनलाई पक्राउ गरिएको हो । 

अभद्र व्यवहार गरेको अभियोगमा उनलाई मुद्दा चलाएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरी बुधबारदेखि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया